जसपाको केन्द्रीय समिति बैठक बस्दै – Nepal Press

जसपाको केन्द्रीय समिति बैठक बस्दै

काठमाडौं । जनता समाजवादी पार्टी नेपालको केन्द्रीय कार्यसमितिको बैठक केहीबेरमा सुरु हुँदैछ । राजधानीको कालिकास्थान स्थित अमृतभोग पार्टी प्यालेसमा आइतबारदेखि सुरु हुन लागेको केन्द्रीय समितिको बैठक दुई दिनसम्म चल्नेछ ।

बैठकको पहिलो दिन स्थानीय निकाय चुनावको पार्टी निर्देशिका सम्बन्धि प्रतिवेदन प्रस्तुत भई त्यसमाथिको छलफल सुरु हुनेछ । मुख्यताः समसामयिक राजनीतिक प्रस्ताव र पार्टीको आन्तरिक मामिलाको समिक्षामा छलफल केन्द्रीत हुने बताइएको छ ।

केन्द्रीय बैठक फाल्गुन २९ र ३० गतेका लागि आह्वान गरिएको थियो । हिजो शनिबार जसपाको केन्द्रीय परिषद्को बैठक सम्पन्न भएको थियो ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर