२५ लाखभन्दा बढी युक्रेनीले छाडे देश

२०७८ फागुन २७ गते १७:१६

कीएभ । २४ जनवरीमा रुसले युक्रेनमा पूर्णरुपमा हमला गरेपछि २५ लाखभन्दा बढी मानिसहरु युक्रेन छाडेर विभिन्न देशहरुमा शरण लिएका छन् ।
संयुक्त राष्ट्रसङ्घका शरणार्थीसम्बन्धी उच्चायुक्त फिलिपो ग्रान्डीले युक्रेनी शरणार्थीको सङ्ख्या २५ लाख पुगेको एएफपीले जनाएको छ।
तीमध्ये १,१६,००० तेस्रो देशका नागरिकहरू रहेका छन् भने २० लाख मानिसहरू युक्रेनभित्रै विस्थापित बनेको ग्रान्डीले बताएका छन्।
प्रतिक्रिया