वसन्तपुरमा चीर ठड्याइयो, होलीलाई निम्तो (तस्बिर/भिडिओ) – Nepal Press

वसन्तपुरमा चीर ठड्याइयो, होलीलाई निम्तो (तस्बिर/भिडिओ)

काठमाडौं । वसन्तपुरस्थित हनुमानढोकामा तीनतले चीर ठड्याएसँगै देशैभर होली पर्व शुरु भएको छ । बिहीबार बिहान ७ बजेर २७ मिनेटको शुभसाइतमा हनुमानढोका दरबारको गद्दी बैठकको दक्षिणतर्फ चीर ठड्याइएको हो ।

फागुन शुक्ल अष्टमीमा ठड्याइएको रंगीचंगी ध्वजापताका झुन्ड्याइएको बाँसको तीनतले चीर ठड्याइएसँगै होली पर्व शुरु हुन्छ । चीर पूर्णिमाको रातमा टुँडिखेल पुयाई दाहगरेपछि होली समाप्त हुन्छ।

यसै शुभसाइतमा हनुमानढोका परिसर, हनुमानढोका भित्र डाखचोक र मोहनकाली चोकमा पनि मयलरुखको हाँगामा रंगी चंगी कपडाका टुक्राहरु झुण्ड्याईएको चीर गाडिने गरिन्छ ।

फागु पूर्णिमाको दिन मनाइने होली पहाडमा चैत ३ गते र तराई भेगमा चैत ४ गते मनाइँदैछ।

 

 

 

 

 

 

 

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर