अमेरिकाका लागि नेपाली राजदूतले लिए सपथ

२०७८ फागुन २५ गते १६:४३

काठमाडौं । संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा नियुक्त भएका श्रीधर खत्रीले सपथ ग्रहण गरेका छन् ।
खत्रीलाई राष्ट्रपति विद्यादेवी भण्डारीले शीतल निवासमा आयोजित विशेष समारोहबीच पद तथा गोपनीयताको सपथ गराएकी हुन् ।
सपथ ग्रहणमा सञ्चार तथा सूचना प्रविधि मन्त्री श्री ज्ञानेन्द्रबहादुर कार्कीलगायत नेपाल सरकारका उच्च पदस्थ अधिकारीहरूको उपस्थिति रहेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
प्रतिक्रिया