नयाँ विमानस्थल बनाउन भन्दा महँगो पर्ने भएपछि सुर्खेत विमानस्थल विस्तार नहुने – Nepal Press

नयाँ विमानस्थल बनाउन भन्दा महँगो पर्ने भएपछि सुर्खेत विमानस्थल विस्तार नहुने

सुर्खेत । कर्णालीको राजधानी वीरेन्द्रनगरमा रहेको सुर्खेत विमानस्थल विस्तार नहुने भएको छ । विगत चार वर्ष देखि सुर्खेत विमानस्थल विस्तारका लागि भन्दै वर्षेनी बजेट विनियोजन गर्दै आएको प्रदेश सरकारले नयाँ विमानस्थल निर्माण भन्दा महँगो हुने भएपछि विमानस्थल विस्तारको काम रोक्ने भएको हो ।

सुर्खेत विमानस्थल विस्तारका लागि कम्तीमा पनि नौ अर्ब लाग्ने देखिएपछि सरकार पछि हटेको हो ।विभित्र राजनीतिक दाँउपेचमा फसेको कर्णाली प्रदेशको सवैभन्दा ठूलो एयरपोर्ट विस्तार नहुने निश्चित भएको छ । विमानस्थल विस्तार नहुने भएपछि यसअघि रोकिएका जग्गाहरु फुकुवा हुने भएका छन् ।

‘विमानस्थल विस्तार गर्दा जग्गा अधिग्रहणमा नै धेरै रकम जाने देखियो ।’ मुख्यमन्त्री जीवनबहादुर शाही भन्छन्, ‘यसलाई विस्तार गर्न भन्दा पनि नयाँ विमानस्थलका लागि जग्गा खोज्ने र नयाँ निर्माण गर्दा सस्तो पर्ने देखिएकाले हाल विमानस्थल विस्तारको योजना रोकिएको हो ।’

यसअघि सरकारले विमानस्थल फिनिसिङ लाइनदेखि उत्तर तर्फ ६ सय मिटर, दक्षिण तर्फ ४ सय मिटर, पूर्व तर्फ २५ मिटर र पश्चिम तर्फ २ सय मिटर क्षेत्रफलमा रहेका जग्गाहरुको लगत कारोबार रोक्का गरेको थियो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *