ड्युटीमा रहेका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु – Nepal Press

ड्युटीमा रहेका प्रहरी हवल्दारको मोटरसाइकलको ठक्करबाट मृत्यु

काठमाडौं । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका- २० राझाँचोकमा गएराति मोटरसाइकलको ठक्करबाट चेकिङमा खटिएका एक प्रहरी कर्मचारीको मृत्यु भएको छ । एक जना गम्भीर घाइते भएका छन् ।

मृत्यु हुनेमा बर्दिया बाँसगढी नगरपालिका -६ घर भइ अस्थाई प्रहरी बिट राझाँ बाँकेमा कार्यरत प्रहरी हबल्दार ३६ वर्षीय भुपेन्द्र शाही रहेका छन् ।गम्भीर घाइते भएका शाहीको उपचारका क्रममा नर्सिङहोम नेपालगञ्जमा मृत्यु भएको हो ।

घाइते भएका बर्दियाकै बारबर्दिया नगरपालिका- ७ घर भइ अस्थाई प्रहरी बिट राझाँमै कार्यरत प्रहरी जवान ३५ वर्षीय नरेश चौधरीको सोही अस्पतालमा उपचार भइरहेको छ ।

गएराति ९ बजे ट्राफिक प्रहरी र उनीहरु सहितको टोलीले सवारी साधन चेकजाँच गर्दै गर्दा भे १० प ४७ ५७ नम्बरको मोटरसाइकलले उनीहरुलाई ठक्कर दिएको हो । मोटरसाइकलसहित चालकलाई जिल्ला प्रहरी कार्यालय बाँकेले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *