धरान रनमा एपीएफकी पुस्पाले कान्छीमायाको रेकर्ड तोडिन्


धरान । दशौँ धरान रनमा महिलातर्फ एपीएफ क्लबकी पुस्पा भण्डारीले स्वर्ण जितेकी छन् ।
आज भएको प्रतियोगितामा उनले निर्धारित दुरी १० किलोमिटर ३५ मिनेट २६ सेकेन्डमा पार गर्दै स्वर्ण पदक हात पार्न सफल भएकी हुन् ।
उनले यसअघिको धरान रनको रेकर्ड समेत तोड्न सफल भइन ।
यसअघि धरान रनको रेकर्ड एपीएफकै कान्छीमाया कोजुको नाममा थियो । कान्छीमायाले सातौँ संस्करणमा निर्धारित दुरी ४१ मिनेट १४ सेकेन्डमा पार गरेकी थिइन् ।
आज पुस्पाले निर्धारित दूरी ३५ मिनेट २६ सेकेन्डमा पूरा गरेर कान्छीमायाको रेकर्ड तोडेर आफ्नो नाम लेखाउन सफल भएको धरान रनका सन्तोष राईले जानकारी दिए ।
धरान रन महिलातर्फ एपीएफकै फुलमती रानाले रजत पदक जितेकी छन् । उनले निर्धारित दूरी ३८ मिनेट ४० सेकेन्डमा पूरा गरिन् ।
त्यसैगरी बेलायतकी हना हकारसले ४१.१४ सेकेन्डमा निर्धारित दूरी पार गर्दै काश्य पदक हात पारेकी छन् ।