बञ्चरेडाँडा ल्याण्डफिल निर्माण चाँडो सक्न मन्त्री झाँक्रीको निर्देशन – Nepal Press

बञ्चरेडाँडा ल्याण्डफिल निर्माण चाँडो सक्न मन्त्री झाँक्रीको निर्देशन

काठमाडौं । शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले तोकिएकै समयमा वञ्चरेडाँडा ल्याण्डफिल सम्पन्न गर्न निर्देशन दिएकी छन् ।

काठमाडौ महानगरपालिकासहित १८ वटा स्थानीय तहको ५० वर्षका लागि फोहोरमैला व्यवस्थापन गर्ने गरी निर्माणाधीन बञ्चरेडाँडा ल्याण्डफिल साइटको अनुगमन तथा निरीक्षण गर्दै मन्त्री झाँक्रीले तोकिएकै समयमा निर्माण सम्पन्न गर्न निर्देशन दिएकी हुन् ।

‘निर्माणाधीन बञ्चरेडाँडा ल्याण्डफिल साइटको काम तोकिएकै समयमा सम्पन्न हुन्छ’, मन्त्री झाँक्रीले भनिन्, ‘निर्माणको जिम्मा पाएको निर्माण कम्पनी, मन्त्रालय, विभाग कसैलाई कुनै पनि बहानामा आलटाल गरेर समयमा सम्पन्न नगर्ने अधिकार छैन ।’

बञ्चरे ल्याण्डफिलको पहिलो सेलको निर्माण कार्य सम्पन्न भएको र फोहोर विसर्जन गर्न सकिने अवस्था रहेको मन्त्रालयले जनाएको छ । काठमाडौं महानगरपालिकालाई हस्तान्तरण गर्न मन्त्रालयले यसअघि नै पत्राचार गरिसकेको भएपनि महानगरपालिकाको कारण ल्याण्डलफिल हस्तान्तरण भइनसकेको मन्त्रालयका सचिव मनिराम गेलालले जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर