निर्माण व्यवसायी काभ्रेका पूर्व जिल्ला अध्यक्षसहित कांग्रेस र माओवादीका नेताहरु एमालेमा प्रवेश


काठमाडौं । निर्माण व्यवसायी महासंघका काभ्रे जिल्ला पूर्व अध्यक्ष तथा नेपाली कांग्रेसका नेता ज्ञानबहादुर लामा एमालेमा प्रवेश गरेका छन् । बिहीबार एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमै पुगेर लामासहित केही कांग्रेस र एमालेका जिल्लास्तरका नेताहरु एमलो प्रवेश गरेका हुन् ।
प्रवेश गर्नेमा कांग्रेस नेता ज्ञानबहादुर लामासहित, कांग्रेस सम्बद्ध जनजाजति महासंघका कोषाध्यक्ष ज्ञानु लामा, कांग्रेस नेता तथा युवा व्यवसायी कृष्ण लामा, माओवादी जिल्ला सल्लाहकार समितिका सदस्य माइला लामासहित १० जना रहेको एमाले जिल्ला अध्यक्ष अशोक ब्यान्जुले जानकारी दिए ।
नवप्रवेशीलाई अध्यक्ष ओलीले एमालेमा स्वागत गरेका थिए । पार्टी प्रवेश कार्यक्रममा एमाले जिल्ला अध्यक्ष ब्यान्जु, उपाध्यक्ष तथा प्रदेशसभा सदस्य चन्द्र लामा लगायतका नेताहरु उपस्थित थिए ।