कस्तो मनोदशामा छिन् गायिका ?
वास्तविकता नबुझी चरित्रहत्या नगर्न आग्रह


काठमाडौं । उमेरले उनी नबालिग नै छिन् । १७ वर्षको अपरिपक्व उमेरमै उनले जीवनको निकै कठिन परीक्षा दिनुपरेको छ ।
जादुयी स्वरका कारण कलिलैमा उनले जुन ख्याति आर्जन गरिन्, त्यो आज दाउमा लागेको छ । लाखौं फलोअर्स भएका एक ‘स्टार’ को हातमा हत्कडी लगाउने गरी उनले चालेको कदम कम्ता बहादुरीपूर्ण थिएन । यद्यपि, चुनौतीहरू सकिएका छैनन् । बरु आगामी दिनमा अझै थपिँदै जालान् ।
पछिल्लो एक वर्षमा गायिकाले निकै प्रताडना भोगिन् । आफूले आइडल मानेको पात्रसँग एकोहोरो प्रेममा फस्दा उनको निजी जीवन बिथोलियो । उमेरजन्य अपरिपक्वताले गर्दा यो बीचमा धेरैबाट ‘म्यानुपुलेट’ पनि भइन् । कहिले लर्बरिँदै, फेरि सम्हालिँदै उनी यहाँसम्म आइपुगेकी हुन् । अब चाहिँ निर्णायक लडाइँमा छिन् । आफूलाई प्रेमजालमा फँसाएर स्वार्थसिद्धी भएपछि लत्याउने पुरुषका विरुद्धको लडाइँ उनलाई जसरी पनि जित्नु छ ।
‘रियल हिरो’ कहलिएिका स्टारविरुद्ध जबर्जस्ती करणीको जाहेरी हालेयता उनले सामाजिक सञ्जालमा निकै तीखा प्रतिक्रियाहरू सामना गर्नुपर्यो । सुरू-सुरूमा त्यस्ता प्रतिक्रियाहरू पचाउन निकै गाह्रो भएको थियो उनलाई । कमेन्टमा कसैले ‘रिप’ लेखेको देखिन् भने धेरैबेरसम्म बिथोलिन्थिन् । बारम्बार रुन्थिन् ।
तर, बिस्तारै आफ्नो पक्षमा बढ्दो सहानुभूतिका कारण अहिले उनको मनोबल बढेको छ । हिजोआज उनले आफूलाई मानसिकरूपमा निकै बलियो बनाइसकेकी छन् ।
जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडाइँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् ।
‘पहिले धेरैजसो गाली मात्रै थिए । फेसबुक हेर्न पनि डर लाग्थ्यो । तर अहिले धेरैजनाले समर्थन गर्नुभएको देखेर मेरो हिम्मत बढेको छ । म यो लडाइँबाट व्याक हुन्न,’ गायिकालाई उद्धृत गर्दै निकट स्रोतले भन्यो ।
काठमाडौंबाट दुई वर्ष जेठी दिदी र भिनाजुसँग उनी जिप्रका तनहुँमा जाहेरी दिन पुगेकी थिइन् । कास्कीबाट उनका बुबाआमा पनि त्यहाँ आएपछि जाहेरी दर्ता गरिएको थियो । दर्तापछि उनी बुबाआमासँग कास्कीको लाहचोकमा रहेको आफ्नो घरमा गइन् । तर, त्यहाँ छरछिमेकीले धेरै नै खोजीनिन्दा गर्न थालेपछि उनी अहिले एक आफन्तको घरमा बसिरहेकी छन् । दिदी-भिनाजु पनि उनीसँगै छन् ।
प्रहरीमा जाहेरी दिएयता किशोरीले आफ्नो फेसबुक खोलेकी छैनन् । उनको मोबाइल छानविनका लागि जिल्ला प्रहरी कार्यालय तनहुँमै छ । उनी दिदीको मोबाइलमा दिदीकै फेसबुक हेर्छिन् । टिकटक र युट्यूवमा आएका भिडिओहरू पनि हेर्छिन् । खासगरी टिकटकका भिडिओ र कमेन्टहरूले उनलाई अझै पनि आहत तुल्याइरहेका छन् ।
आफ्नो मोबाइल नभएकाले किशोरी बाहिरी मानिसहरूको सम्पर्कमा खासै छैनन् । नजिकका आफन्त र सीमित साथीभाइसँग मात्रै उनको कुरा भइरहेको छ । उनका दाइ वैदेशिक रोजगारीका लागि दुबईमा छन् । दिदी र भिनाजुले चाहिँ उनको साथ छोडेका छैनन् । परिवारको बलियो साथले गर्दा पनि उनको आत्मबल बढेको छ । पहिले-पहिले उनलाई राति निदाउनसमेत संघर्ष हुन्थ्यो । तर, अहिले त्यो समस्या छैन ।
जाहेरी दिएयता कलाकारिता क्षेत्रका धेरै मानिसहरूसँग उनको कुराकानी भएको छैन । केहीले उनलाई यो लडाइँबाट नडग्मगाउन विभिन्न माध्यमबाट सन्देश पठाएका छन् । स्क्यान्डल बाहिर आएपछि आमरूपमा उनको विपक्षमा जनमत थियो । तर, अहिले माहोल बदलिएको छ । उनको पक्षमा पनि धेरै मानिसहरू खुल्न थालेका छन् । खासगरी कलाकारिता क्षेत्रमा महिला सेलिब्रिटीहरूले सामाजिक सञ्जालमार्फत जनाएको समर्थनले उनी हौसिएकी छन् ।
नाबालिग गायिकाका बुबाआमालाई पनि यो परिस्थितिको सामना गर्न सहज छैन । छरछिमेकी र आफन्तहरूले उनीहरूलाई प्रश्नमाथि प्रश्न तेर्स्याइरहेका हुन्छन् । युट्यूवमा आउने भिडिओहरू हेरेर यस्तो रहेछ नि ? भन्दै घोचपेच गर्नेहरू पनि थुप्रै छन् । यद्यपि, साथ दिने र हौसला बढाउनेको पनि कमी भने छैन ।
चरित्रहत्या नगर्न आग्रह
युट्यूवमा ‘नयाँ खुलासा’ भन्दै विभिन्न व्यक्तिहरूलाई उभ्याएर गायिकाको पृष्ठभूमि खोतल्ने काम भइरहेको छ । उनी विगतमा अर्को पुरुषसँग लिभिङमा रहेको दाबी गर्दै केही व्यक्ति भाइरल भएका छन् । यस्तै भिडिओहरू हेरेर उनीमाथि गाली वर्षाउने क्रम चलिरहेको छ ।
गायिकानिकट स्रोतले उनको सन्देश सुनाउँदै भन्यो, ‘कृपया वास्तविकता नबुझी चरित्रहत्या गर्ने खालका पोष्ट र कमेन्टहरू नगरिदिनु होला ।’
पहिले लिभिङमा रहेको भन्ने दाबीलाई गायिकाले खण्डन गरेकी छन् ।
उनको भनाइ उद्धृत गर्दै निकट स्रोतले भन्यो, ‘अन्तरवार्ता दिएर भाइरल हुनुभएको महिलालाई म चिन्दिनँ । खोइ, किन त्यस्तो भन्नुभयो । तर, जो व्यक्तिसँग मेरो नाम जोडिएको छ, उहाँ मेरो दाइजस्तो हो । सुटिङको क्रममा हाम्रो गाउँमा आउनुहुँदा भेट भएको थियो । लिभिङमा बसेको भनेर मेरो चरित्रहत्या गर्ने काम भइरहेको छ । कृपया यस्तो नगरिदिनुहोला ।’
अनावश्यक अड्कलबाजि गरेर कसैले कसैको चरित्र हत्या गर्नुु सरासर गैरकानुनी र गैरजिम्मेवार दुर्व्यवहार हाे।यो संसारमा सबै जिबित प्राणी हरुले अनुशासित भएर बाच्न सिक्नु पर्छ।हुन त हाम्रो देशकाे केन्द्र देखि ग्रामीण स्तर सम्मै यस्तै गैरजिम्मेवार चालचलन ले बिश्व सामु बदनाम काे बिल्ला भिरि रहनु परेको छ।नेपाली जनता ले कहिले सम्म यो खेप्न पर्ने हाे ,भाबि पिडिले समेत सहि मार्ग समातेर हिड्न नसक्ने स्थिति देखियो