स्प्राइटको मेगा प्रमोसनल क्याम्पेन, स्मार्ट फोन र वाच जित्ने मौका


काठमाडौं । स्प्राइटले गर्मीको लागि ‘स्प्राइटसँग जित्ने मौका’ नामक क्याम्पेनको सुरुआत गरेको छ । यो प्रमोशन स्प्राइटको ‘क्लियर रह’ अभियानको हिस्सा हो ।
जसको उद्देश्य युवाहरूलाई स्प्राइटको साथमा आफ्ना पलहरु रिसेट र रिफ्रेस गर्न प्रेरित गर्नु रहेको कम्पनीले बताएको छ । यस प्रमोसनमा स्प्राइटका ब्राण्ड एम्बासाडर अनमोल केसीलाई छायांकन गरिएको छ ।
यस क्याम्पेन अन्तर्गत ९ जना भाग्यशाली उपभोक्ताले बिहान १० बजेदेखि बेलुका ७ बजेसम्म हरेक घण्टा एउटा सामसङ ग्यालेक्सी स्मार्टफोन जित्ने मौका पाउनेछन् । यसका साथै उपभोक्ताले हरेक हप्ता एउटा स्मार्ट वाच र एउटा सामसङ स्मार्टफोन जित्ने मौका पनि पाउनेछन् ।
यो अफरमा सहभागी हुनको लागी उपभोक्ताहरुले लेबलमा रहेको क्युआर कोड स्क्यान गर्नु पर्नेछ । सहभागीहरुले आफ्नो पूरा नामसहित ३४९४९ नम्बरमा लेबलको पछाडि रहेको सिरियल नम्बरमा पनि एसएमएस गर्न सक्नेछन् ।
यो योजना फागुन ८ देखि २०७८ चैत १६ सम्म लागु हुनेछ । यो अफर स्प्राइट र फ्यान्टाको २५० मिलिलिटरको पीईटी प्याक, ५०० मिलिलिटर, १.५ लिटर, र २.२५ लिटरमा लागु हुनेछ । बजारमा यो अफर लागु नहुने बोतलहरु पनि उपलब्ध छन् ।