ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ – Nepal Press

ल्होसारको शुभकामना दिँदै प्रधानमन्त्रीले भने- अल्पसंख्यकको अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध छ

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित गर्न सरकार सधैं क्रियाशील रहेको बताएका छन् ।

शेर्पा समुदायले मनाउने ग्याल्बो ल्होसार तथा नयाँ वर्ष २१४९ अवसरमा बिहीबार शुभकामना सन्देश जारी गर्दै देउवाले अल्पसंख्यक र सीमान्तकृत समूहका अधिकार सुनिश्चित एवं धार्मिक, सांस्कृतिक पर्व र परम्पराको संरक्षणमा सरकार क्रियाशील रहेको बताएका हुन् ।

नेपाल जातीय, भाषिक, धार्मिक एवं सांस्कृतिक विविधताले सम्पन्न मुलुक रहेको उल्लेख गर्दै देउवाले भनेका छन्- यहाँ हरेक जातजातिका आ-आफ्ना विशिष्ट रीतिरिवाज, चाडपर्व र संस्कृति छन् । सबै जाति र धर्म मान्ने सम्प्रदायले यो विविधतालाई सम्मान गर्नु नेपालीको मौलिक एवं विशिष्ट पहिचान हो ।

उनले स्वास्थ्य मापदण्डको पालना गरी नयाँ वर्षलाई हर्षोल्लासपूर्वक मनाउन अनुरोध गरेका छन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर