ओलीलाई भीम रावलको चुनौती: सक्नुहुन्छ भने ‘महाहिरो’ बनेर देखाउनुस् – Nepal Press

ओलीलाई भीम रावलको चुनौती: सक्नुहुन्छ भने ‘महाहिरो’ बनेर देखाउनुस्

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई देशहितको पक्षमा बोलेर ‘महाहिरो’ बनेर देखाउन चुनौती दिएका छन् । हिजोको पत्रकार सम्मेलनमा अध्यक्ष ओलीले एमसीसीको विरोध गरेर ‘हिरो हुन खोजेको’ बताएपछि प्रतिक्रियास्वरुप रावलले यस्तो चुनौती दिएका हुन् ।

‘राष्ट्रिय स्वाधीनता र हितको पक्षमा जननिर्वाचित प्रतिनिधिको कर्तव्यअनुरुप संसदमा बोल्दा मैले ‘हिरो’ हुनखोजेको भनी मन पोलेको भए पार्टी अध्यक्षले आफैं देशको पक्षमा बोलेर ‘महाहिरो’ हुनुभएको भए म खुशी नै हुनेथिएँ’, रावलले भनेका छन्, ‘देश पार्टी र व्यक्तिगत स्वार्थभन्दा धेरै माथि हुन्छ, चेतना भया !’

रावलले निरन्तर एमसीसीको विरोध गरिरहेका छन् ।


प्रतिक्रिया

2 thoughts on “ओलीलाई भीम रावलको चुनौती: सक्नुहुन्छ भने ‘महाहिरो’ बनेर देखाउनुस्

  1. रावलले ट्वीटरमा लेखेको वा युट्युबेलाई अन्तरवार्ता दिएको कुरालाई नेपाल प्रेसले किन यसरि महत्व दिएको ?

  2. या त भिम रावलले एमाले छाेड हाेईन भने कारवाही गरेर निकाल । याे गाईजात्रा नदेखाउ । माधव झल्लुले छाेडदा एमाले झन बलियाे हुँदै गएकाे छ यिनले छाेडदा केही फरक पर्दैन । याे बखेडा मात्र झिमेर एमालेलाई कमजाेर बनाउन हिडिरहेकाे छ ।

Leave a Reply to shojhoketo Cancel reply

Your email address will not be published. Required fields are marked *