सुनको भाउ प्रतितोला एक लाख नजिक

२०७८ फागुन १८ गते ११:२२

काठमाडौं । आज सुनको प्रतितोलामा एक हजार ९०० रुपैयाँ बढेर एक लाख रुपैयाँ नजिक पुगेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको भाउ तोलाको ९९ हजार ५०० रुपैयाँ कायम भएको छ । हिजो ९७ हजार ६०० रूपैयाँमा कारोबार भएको थियो ।
यसैगरी तेजावी सुनको भाउ तोलाको ९९ हजार निर्धारण भएको छ । प्रतितोला ४० रूपैयाँ बढेको चाँदी एक हजार ३७५ मा कारोबार भइरहेको छ ।
प्रतिक्रिया