आज संसद बैठक बस्दै, प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने – Nepal Press

आज संसद बैठक बस्दै, प्रधानमन्त्रीले सूचना आयोगको प्रतिवेदन पेस गर्ने

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दैछ । गत आइतबार सदनबाट एमसीसी पारित भएपछि पहिलो पटक आज दिउँसो १ बजे बैठक बस्न लागेको हो ।

संघीय संसद्का महासचिव भरतराज गौतमले बैठकको सम्भावित कार्यसूची सार्वजनिक गरेका छन् ।

आजको बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले ‘राष्ट्रिय सूचना आयोगको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७/७८’ पेस गर्ने छन् भने संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूचीमा उल्लेख छ ।

यस्तै, नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ माथि विचार गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर