कांग्रेस मकवानपुरको सभापतिमा लामा – Nepal Press

कांग्रेस मकवानपुरको सभापतिमा लामा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको सभापतिमा बुद्ध लामा चयन भएका छन् ।

पार्टीको १४औँ महाधिवेशन अन्तर्गत मकवानपुर जिल्ला अधिवेशनबाट निर्वाचित हुनुभएका उनलाई निर्वाचन अधिकृत गोपीशर्मा सुवेदीले आज प्रमाणपत्र हस्तान्तरण गरे ।

सोमबार सम्पन्न अधिवेशनमा लामासँग आनन्दराम पराजुली र जयराम लामिछाने चुनावी प्रतिस्पर्धामा थिए ।

तीनै जनाले ५१ प्रतिशत मत प्राप्त गर्न सफल नभएपछि सबैभन्दा बढी मत ल्याउने उम्मेदवार र निकटतम प्रतिस्पर्धीबीच चुनावी प्रतिस्पर्धा गर्ने कांग्रेसको प्रावधान रहेको छ, तर निकटतम प्रतिस्पर्धी पराजुलीले लामाकै बढी मत आएको भन्दै सहमति जनाएपछि लामा दोस्रो चरणमा निर्विरोध भएका हुन् ।

नवनिर्वाचित सभापति लामाले कांग्रेस लोकतान्त्रिक विधि पद्दतिमाथि आधारित पार्टी भएकोले नेतृत्वले सबैलाई समेटेर अघि बढ्ने प्रष्ट परे । ।

पार्टीका सहमहामन्त्री महालक्ष्मी उपाध्याय डीना र बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले नवनिर्वाचित सभापति लामालाई बधाई ज्ञापन गर्दै आसन्न स्थानीय तह निर्वाचन लक्षित गतिविधि गर्न निर्देशन दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर