एमसीसीबारे मुख खोल्दै एमाले अध्यक्ष ओली, दिउँसो पत्रकार सम्मेलन – Nepal Press

एमसीसीबारे मुख खोल्दै एमाले अध्यक्ष ओली, दिउँसो पत्रकार सम्मेलन

काठमाडौं । एमसीसीमा तटस्थ बसेको भन्दै अनेक आरोप खेपिरहेका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आज पत्रकार सम्मेलन गर्दैछन् । एमसीसी सदनबाट अनुमोदन हुँदा पक्ष–विपक्षमा नउभिएको एमालेको आधारिक धारणा सार्वजनिक गर्न ओलीले पत्रकार सम्मेलनको आयोजना गरेका हुन् ।

पत्रकार सम्मेलन दिउँसो १ बजे रोयल ब्यांकेट तीनकुनेमा आयोजना गरिएको छ । एमसीसीसँगै देशको समसामयिक विषयमा एमालेको धारणा सार्वजनिक गर्न पत्रकार सम्मेलनको आयोजना गरेको भनिएको छ ।

त्यस्तै नेकपा एसले पनि आजै पत्रकार सम्मेलन गरी एमसीसीको पक्षमा उभिनुको कारणबारे प्रष्टीकरण दिँदैछ । माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले हिजो आफ्नो प्रष्टीकरण दिइसकेका छन् ।


प्रतिक्रिया

One thought on “एमसीसीबारे मुख खोल्दै एमाले अध्यक्ष ओली, दिउँसो पत्रकार सम्मेलन

  1. अलि हतारमा भयाे कि ! एमसीसीबारे संवत् २०९० तिर पार्टीकाे धारणा राखेकाे भए हुन्थ्याे नि ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर