जोन्सनसँग फोनवार्तामा जेलेन्स्कीले भने- अबको २४ घण्टा युक्रेनका लागि महत्त्वपूर्ण – Nepal Press

जोन्सनसँग फोनवार्तामा जेलेन्स्कीले भने- अबको २४ घण्टा युक्रेनका लागि महत्त्वपूर्ण

कीभ । युक्रेनको रुससँगको लडाइका लागि आगामी २४ घण्टा महत्त्वपूर्ण हुने युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले बताएका छन् ।

उनले सोमबार बेलायती प्रधानमन्त्री बोरिस जोन्सनसँग फोनवार्ताको क्रममा भनेको युक्रेनको राष्ट्रिय समाचार एजेन्सीले जनाएको छ ।

सो अवसरमा जोनसनले बेलायत र अन्य सहयोगीहरूबाट युक्रेनमा पुग्ने रक्षात्मक सहायता सुनिश्चित गर्न आफूले सक्दो सहयोग गर्ने बताएका छन् ।

यसैबीच, क्षेत्रीय सरकारका अनुसार दक्षिणी युक्रेनको बर्दियान्स्क शहर सोमबार बिहान रुसी सेनाले कब्जा गरेको थियो।

यद्यपि युक्रेनी सेनाले भने सोमबार कीभको अवस्था अझै नियन्त्रणमा रहेको बताएको छ ।

पछिल्लो घटनाक्रम अनुसार युक्रेनी प्रतिनिधिमण्डल बेलारुसको गोमेल क्षेत्रमा रुसी पक्षसँग वार्ताका लागि आइपुगेको स्पुतनिकले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर