बाबुरामको आरोपः माओवादीले पिसाब फेरेपछि मात्रै चर्पीको दैलो देख्यो – Nepal Press

बाबुरामको आरोपः माओवादीले पिसाब फेरेपछि मात्रै चर्पीको दैलो देख्यो

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेता डा. बाबुराम भट्टराईले एमसीसीको मामलामा माओवादीले ‘पिसाब फेरिसकेपछि मात्रै चर्पीको ढोका देखेको’ आरोप लगाएका छन् ।

संसदबाट एमसीसी अनुमोदन भएपछि विगतमा माओवादीले गरेको विरोधलाई लक्षित गर्दै उनले यस्तो आरोप लगाएका हुन् । उनले माओवादीले ‘चर्पीको तलसम्म फोहोर पारेको र त्यो सोहोर्न धेरै मेहनत गर्नुपर्ने’ पनि बताएका छन् । चर्पीलाई बिम्ब बनाएर भट्टराईले माओवादीप्रति कटाक्ष गरेका हुन् । उनले भनेका छन्– विभिन्न नाटकीय घुम्तीहरू पार गर्दै अन्ततः एमसीसी अनुदान सम्झौता संसदबाट पारित हुनु स्वागतयोग्य छ । पिसाब फेरिसकेपछि दैलो देखेका कणहरूले तलसम्म पारेको फोहर सोहोर्न चाहिं मेहनत गर्नैपर्ला !

त्यस्तै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेप्रति लक्षित गर्दै उनले बाह्य हस्तक्षेपको हल्ला गरेर चुनावी लाभ लिने अवरवादी प्रवृत्तिको पनि अन्त्य हुनपर्ने बताएका छन् । उनले भनेका छन्– यो प्रकरणले नेपाली राजनीतिमा बाह्य खतराको भयदोहन गरेर चुनावी लाभ लिने अवसरवादी प्रवृत्ति अन्त्य गरोस् !


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर