एमसीसी नेपालको सार्वभौमिकता र परराष्ट्र नीतिविरुद्ध : दुर्गा पौडेल – Nepal Press

एमसीसी नेपालको सार्वभौमिकता र परराष्ट्र नीतिविरुद्ध : दुर्गा पौडेल

काठमाडौं । राष्ट्रिय जनमोर्चाकी सांसद दुर्गा पोडेलले एमसीसी नेपालको राष्ट्रिय हित र परराष्ट्र नीति विपरित रहेको दावी गरेका छन् ।

आइतबार संसदमा एमसीसीमाथिको छलफलमा भाग लिँदै पौडेलले यो सम्झौतामा नेपालको हित विपरित धेरै सर्त रहेको बताइन् ।

‘नेपालको राष्ट्रियता, सार्वभौमिकता र नेपालको परराष्ट्र नीतिको विरुद्धमा छ,’ पौडेलले भनिन्, ‘यसलाई अस्वीकार गरेर जानुपर्छ । एमीसीमा नेपालको राष्ट्रि हितमा आच आउने सर्त जाडिएका छन ।’

पौडेलले अमेरिकी सहायक विदेशमन्त्री एलिस वेल्सले एमसीसी हिन्द प्रशान्त रणनीतिको अंग भएको बताएको पनि उल्लेख गरिन् ।

सैनिक उदेश्यका लागि नेपाल उपयोग हुन दिनु नेपालको परराष्ट्र नीतिको विरुद्ध रहेको भन्दै पौडेलले एमसीसीले अमेरिकी राष्ट्रिय सुरक्षा नीतिमा बाँध्ने दावी गरिन्।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर