एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति – Nepal Press

एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

काठमाडौं । एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी बैठकमा पाँच सिनियर नेताले असहमति जनाएका छन् ।

अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।

व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।

निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए । यसले यसअघि आफूहरूले उठाएका एजेण्डा कमजोर बन्ने र अहिलेसम्मको विरोध औचित्यहीन हुने उनको भनाइ छ ।

पोखरेलले नेपाल प्रेससँग भने, ‘त्यो व्याख्यात्मक टिप्प्णीको कुनै अर्थ छैन । यसको कुनै भ्यालिडिटी पनि छैन । त्यो व्याख्यात्मक टिप्पणीमा महत्वपूर्ण कुराहरू पनि छैनन् ।’

बैठकमा प्रचण्डले व्याख्यात्मक टिप्पणीको ड्राफ्ट बाँडेका थिए । त्यसमा सामान्य छलफलमात्रै भएको उनले बताए ।

यस्तै नेता श्रेष्ठले पार्टीको निर्णयप्रति गम्भिर असहमति र आपत्ति रहेको सामाजिक सञ्जालमा लेखेका छन् ।


प्रतिक्रिया

One thought on “एमसीसी अनुमोदन गर्ने निर्णयमा माओवादीका पाँच नेताको असहमति

  1. जुम्सा स्याल हुन धुन्दुकारी नकचरा नेकपा एमाओवादी र नेकपा एस

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर