माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं – Nepal Press

माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं

काठमाडाैं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले एमसीसी सम्झौता यथास्थितिमा पारित हुन नसक्ने अडान दोहोर्‍याएका छन् ।

एमसीसीलाई इन्डो प्यासेफिक रणनीतिको अंग बनाउने गरी केपी ओलीको सरकारले सम्झौता गरेको र आफूहरुले त्यो षडयन्त्रलाई भत्काएको उनले दावी गरे ।

पार्टीनिकट प्राध्यापकहरुको संगठनलाई सम्वोधन गर्दै विशुद्ध आर्थिक सहयोगको परियोजनाका रूपमा मात्रै एमसीसी स्वीकार गर्न सकिने बताए । सरकारभन्दा देश र जनताको स्वाभिमान ठूलो कुरा हुने उनको भनाइ छ ।

नेपालले भने, ‘एमसीसीलाई इन्डो प्यासेफिकको अंग बनाएको केपी ओलीको सरकारले हो । ओली सरकारका मन्त्री प्रदिप ज्ञवालीले यस्तो कागजमा सही गरेर आएका हुन् । हामीले जोडदार विरोध गरिसकेपछि अहिले बाइडेनको सरकारले त्यसबाट नेपालको नाम काट्न लगाए । नत्र त केपी ओलीले सिध्याइसकेका थिए नेपाललाई ।’

नेपाल कुनै पनि देशको सुरक्षा रणनीतिको अंग बन्न नसक्ने नेपालले स्पष्ट पारे । छिमिकी राष्ट्रको सुरक्षामा आँच आउने गरी नेपालले कुनै पनि काम गर्न नसक्ने पनि उनको भनाइ थियो ।

यद्यपि, एमसीसी सम्झौता निशर्त हुनुपर्छ भनेर आफूहरुले नभनेको नेपालले बताए । उनले भने, ‘जुन उद्देश्यका लागि अनुदान दिइएको छ, त्यसमै खर्च हुनुपर्छ भन्ने कुरालाई चाहिँ अनुचित मान्नु हुँदैन ।’

नेपालले एमसीसी सम्झौताको विषयलाई जोडेर एमालेले सभामुख र आफूसहित पार्टीका नेताहरुलाई अपदस्थ गर्न खोजेको भन्दै आपत्ति जनाए । उनले यसलाई अपराधिक मानसिकताको संज्ञासमेत दिए । आफूहरुका लागि सरकारभन्दा देश र जनता ठूलो हुने उनको भनाइ छ ।

 


प्रतिक्रिया

5 thoughts on “माधव नेपालको दावीः केपी ओलीले देश झण्डै सिध्याएका थिए, हामीले बचायौं

  1. यो पनि नेता हो र यो टपरीलाल को समचार लाइ किन प्राथमिकता दिएको छ्या ।

    1. आफ्नै मातृ पार्टी तोडेर कांग्रेसको खुट्टामा अर्पण garne laal gaddar ?

  2. आफ्नै मातृ पार्टी तोडेर कांग्रेसको खुट्टामा अर्पण garne laal gaddar ?

  3. यो जस्तो तल्लो स्तरको घटिया मान्छे यो धर्ति मै छैन होला यसलाइ नि नेता मानेर हिड्ने कस्ता होलान् ।

Leave a Reply to गोकुल लामिछाने Cancel reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर