सुनसरीको कोशी गाउँब्लकमा लालपूर्जा वितरण


सुनसरी । भूमि, व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले सुनसरीको भोटेकोशी गाउँपालिकामा रहेको गाउँब्लकका २८ घर परिवारलाई आज लालपूर्जा वितरण गरेकी छन् ।
मन्त्री श्रेष्ठले सुुनसरीको जिल्लाको कोशी गाउपालिकामा आज आयोजित एक कार्यक्रमा जग्गाधनी प्रमाण पुुर्जा वितरण गर्दै अब जिल्लाका सबै गाउँब्लकमा लालपूर्जा वितरण प्रक्रिया अघि बढाइएको बताइन् ।
मन्त्री श्रेष्ठले गाउँब्लकको जग्गा धनी प्रमाण पुर्जा वितरण अभियानमा भूमि भएरपनि भूमि विहिन बनीरहेकाहरु कोही पनि छुट्न नहुनेमा जोड दिइन् । उनले लालपूूर्जा नहुँदा नागरिकता समेत नपाई राज्यबाट प्राप्त गर्ने अधिकार प्राप्त गर्न नसकिरहेको अवस्था समाधान गर्न लालपूर्जा पाएपछि सहज हुने विश्वास समेत व्यक्त गरेकी छन् ।
मन्त्री श्रेष्ठले संविधानमा भएको व्यवस्था अनुसार भूमिहिन दलित र सुकुम्बासीलाई जग्गा उपलब्ध गराउने र अव्यवस्थीत बसोवासीको समस्या समाधान गर्न राष्ट्रिय भूमि आयोगको २८ वटा जिल्ला आयोग समेत गठन गरेर त्यसलाई पूूर्णता दिने काममा आफु लागिरहेको पनि बताइन् ।
हालसम्म गाउँब्लकका १४ हजार भन्दाबढी घरपरिवारलाई लालपूर्जा वितरण गरिएको छ । २०२१ साल यता जग्गाको नापी हुदा गाउँब्लकका रुपमा राखिएका र जग्गा भएर पनि लालपूर्जा विहिन बनिरहेकाहरुलाई लालपुुर्जा वितरण अभियान तिब्र पारिएको छ ।