‘ए’ डिभिजन लिगमा संकटा र जावलाखेलले अंक बाँडे – Nepal Press

‘ए’ डिभिजन लिगमा संकटा र जावलाखेलले अंक बाँडे

काठमाडौं । जावलाखेल युथ क्लब र संकटा क्लबले १(१ गोलको बराबरी खेल्दै सहिद स्मारक ‘ए’ डिभिजन लिग(२०७८ अन्त्य गरेको छ ।

बराबरीसँगै लिगमा १६ अंक जोडेको संकटा तालिकाको सातौं स्थानमा यथावत् छ । संकटाले लिगमा १३ खेलमध्ये तीन जित, सात बराबर र तीन खेलमा हारको नतिजा आत्मसात गर्‍यो ।

यस्तै, तीनमा जित, चारमा बराबर र पाँच खेलमा पराजय बेहोरेको जावलाखेलले १४ अंकसहित लिगको अन्त्य गर्‍यो। जावलाखेल तालिकाको नवौं स्थानमा छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलको १५औं मिनेटमा सुनिल खड्काले गरेको गोलबाट जावलाखेलले अग्रता लिएको थियो । १५औं मिनेटमा ओन्गुना जुनियरको क्रसमा सुनिलले वान टच फिनिस गरे ।

उत्तम राईले ६१औं मिनेटमा गोल गरेपछि संकटा खेलमा फर्किएको थियो । सुवास गुरुङको कर्नरमा उत्तमले हेडमार्फत बललाई जाली चुमाएका थिए ।

लिगमा ११औं चरण चलिरहँदा साविक विजेता मछिन्द्र फुटबल क्लबले उपाधि रक्षा गरेको थियो । त्यस्तै, च्यासल युथ क्लब र ब्रिगेड ब्वाइज क्लब ९बीबीसी० दोस्रो डिभिजनमा घटुवा भइसकेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर