जनप्रतिनिधिहरुलाई राष्ट्रियसभा अध्यक्षले भने- गाउँ पुगेर खोप लगाउने वातावरण बनाउनुहोस् – Nepal Press

जनप्रतिनिधिहरुलाई राष्ट्रियसभा अध्यक्षले भने- गाउँ पुगेर खोप लगाउने वातावरण बनाउनुहोस्

सुर्खेत । राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले तीनै तहका जनप्रतिनिधिले गाउँ फर्केर खोप लगाउने वातावरण बनाउनुपर्ने बताएका छन् ।

राष्ट्रियसभा सदस्यदेखि वडा सदस्यसम्मका जनप्रतिनिधिले जनचेतना फैलाउन एक अर्काबीच प्रतिष्पर्धा गर्नुपर्ने आवश्यकता रहेको उनले बताए ।

जनप्रतिनिधि नै अहिले सामाजिक डाक्टर भएको उल्लेख गर्दै उनले समाजभित्रको रोग पत्ता लगाउन सक्ने दायित्व पनि जनप्रतिनिधिकै काँधमा रहेको बताएका छन् ।

सुर्खेतमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष तिमिल्सिनाले जनप्रतिनिधि सधैं आफ्नो क्षेत्रका जनताको माझमा हुने हुँदा सामाजिक समस्याबारे जानकारी हुने बताए ।

कर्णाली प्रदेशका मुख्यमन्त्री जीवनबहादुर शाहीले जनताले सबैभन्दा बढी विश्वास र भरोसा गर्ने व्यक्ति नै जनप्रतिनिधि भएको उल्लेख गर्दै भौगोलिक विकटता, हिमाली हावापानी र रिर्पोटिङमा प्राविधिक समस्याका कारण कोभिडविरुद्धको खोप लगाउने नागरिकको एकिन तथ्याङ्क अझैं आउन नसकेको प्रष्ट पारे ।

मुख्यमन्त्री शाहीले प्रदेशको कुल जनसंख्याको ५२ प्रतिशतले पहिलो मात्रा र ४८ प्रतिशतले दोस्रो मात्रा तथा ५० हजार ९३ जनाले बुष्टर डोज खोप लगाएको जानकारी दिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *