प्रहरीद्वारा आन्दोलनकारीमाथि म्याद सकिएको अश्रु ग्यास प्रहार


काठमाडौं । एमसीसी खारेजीको माग गर्दै नयाँ बानेश्वर क्षेत्रमा भएको प्रदर्शनमा प्रहरीले म्याद गुज्रेको अश्रु ग्यास प्रयोग गरेको छ ।
प्रहरीले भीडलाई तितरबितर बनाउन म्याद सकिएको अश्रु ग्यास प्रहार गरेको खुलेको हो ।
सडकमा भेटिएका अश्रु ग्यासका सेलहरू सन् २०१० को मार्चमै अवधि सकिएका भेटिएका छन् । काठमाडौं प्रहरी परिसर प्रवक्ता दिनेश मैनालीले यसबारे अनविज्ञता प्रकट गरे ।
‘त्यस्तो त नहुनु पर्ने हो । म बुझ्छु’, उनले नेपाल प्रेससँग भने । प्रवक्ता मैनालीले म्याद गुज्रिएको अश्रु ग्यासको असर कम पर्ने जिकिर गरे । ‘ मैले चिकित्सकसँग बुझेअनुसार म्याद गुज्रिएका अश्रु ग्यासमा पिरो कम हुन्छ । यसले कम काम गर्छ भन्नुपर्यो’, उनले भने ।