राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने – Nepal Press

राष्ट्रिय मानव अधिकार आयोगले स्थानीय तह निर्वाचनको अनुगमन गर्ने

काठमाडौं । राष्ट्रिय मानव अधिकार आयोगले आगामी २०७९ वैशाख ३० गतेका लागि घोषणा भएको स्थानीय तहको निर्वाचनको अनुगमन गर्ने भएको छ ।

सो विषयमा आयोगले निर्वाचन आयोगका पूर्व प्रमुख निर्वाचन आयुक्त, पूर्व आयुक्त तथा नागरिक समाजका प्रतिनिधिहरुसँग राष्ट्रिय मानव अधिकार आयोगमा छलफल गरेको छ ।

छलफलका सहभागीहरुले राष्ट्रिय मानव अधिकार आयोगले विद्यमान निर्वाचन कानुनको मानव अधिकारको दृष्टिकोणबाट पुनरावलोकन गरी संशोधनकालागि सझुावदिनुपर्ने, समानुपातिक समावेशीता, लैंगिक समानता, मतदाता शिक्षा, अत्याधिक खर्चिलो निर्वाचन, निर्वाचनको निष्पक्षता र स्वच्छता, भयरहित वातावरण, निर्वाचन आचारसंहिताको पालना लगायतका विषयमा अनुगमन गर्नुपर्ने सुझाव दिएका छन् ।

यस्तै देशबाहिर रहेका नेपालीहरुको मतदानको अधिकारका विषयमा निर्वाचन आयोग र सरकारलाई उपयुक्त सुझाव दिनुपर्ने धारणा राखे ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर