खड्का ल्याण्डको दावी- स्काउटले हाम्रा अध्यक्ष दीपक खड्काको चरित्रहत्या गर्न खोज्यो


काठमाडौँ । खड्का ल्याण्ड डेभलपमेन्ट प्रालिले नेपाल स्काउटले भ्रम सृजना गरी चरित्रहत्या गर्ने प्रयास गरेको आरोप लगाएको छ ।
खड्का ल्याण्ड प्रालिले बुधवार एक विज्ञप्ती जारी गरी मंगलबार नेपाल स्काउटका प्रमुख आयुक्त लोकबहादुर भण्डारी तथा निर्देशक रामप्रसाद भट्टराइले पत्रकार सम्मेलन गरी चरित्रहत्या गर्ने प्रयास गरेको बताएको दावी गरेको छ ।
सोमवा खड्काल्याण्डका प्रमुख पूर्वमन्त्री दीपक खड्का स्वयम् र मंगलवार केही व्यक्तिले स्काउटमा आक्रमण गरी कर्मचारीमाथि हातपात गरेको स्काउटले जनाएको छ । सिसिटिभी फुटेजमा युवाहरु कार्यालयमा पसेर तोडफोड गरेको देखिएको थियो ।
स्काउट कार्यालयले खड्का ल्याण्डका अध्यक्ष दिपक खड्काको निर्देशनमा लुटपाट भएको आरोप लगाएको थियो ।
खड्का ल्याण्डको विज्ञप्तिमा भनिएको छ– अध्यक्षको बदनाम गर्ने उदेश्यसहित स्काउटका जिम्मेवार नेतृत्वले लगाएको आरोप बदनियतपूर्ण ढंगबाट आउदा हामी स्तव्ध भएका छौँ ।
खड्का ल्याण्डले नेपाल स्काउटमा भएको आक्रमण र तोडफोडप्रति दुःख समेत व्यक्त गरेको छ । खड्का ल्याण्डले घटनामा आफ्नो कुनै संलग्नता नरहेको स्पष्ट पारेको छ ।
विगतदेखि नै सम्झौता अनुसार काम गर्न नदिई पटक– पटक षड्यन्त्रमूलक ढङ्गबाट व्यवधान पुर्याउने काम गरेको स्काउटको नेतृत्वले आफ्नो व्यक्तिगत स्वार्थका लागि खड्का ल्याण्डले सञ्चालन गर्दै आएको कामप्रति अवरोध पुर्याउँदै आएको आरोप लगाएको छ ।
स्काउट र खड्का ल्याण्डबीच भएको सम्झौता अनुसार खड्का ल्याण्डले दिनुपर्ने भुक्तानी नियमित दिएपनि ठूलो रकम बख्यौता रहेको भन्दै दुष्प्रचार गरिएको खड्का ल्याण्डले जनाएको छ ।
स्काउटले साढे ३ करोड रुपैया भाडाको रकम नतिरेर उल्टो अवैधानिक संरचना निर्माण गर्न थालेपछि रोक्न खोज्दा आक्रमण भएको जनाएको छ ।
स्काउटकै निर्देशनमा सम्झौता बमोजिम खड्का ल्याण्डले निश्चित समयका लागि सञ्चालन गर्न बनाईएका संरचनालाई विना सूचना भत्काउन खोज्ने, भाडामा बस्नेलाई धम्क्याउने, तर्साउने, दुःख दिने, कर्मचारीलाई दुःख दिनेलगायतका काम गर्दै आएको विज्ञप्तिमा उल्लेख छ ।
यस खड्का ल्याण्ड डेभलप्मेन्ट प्रा.लि.ले लिज भोगाधिकारमा बिगत १४ बर्ष देखि लैनचौरमा रहेको नेपाल स्काउटको ब्यबसायीक भवन तथा जग्गा प्रयोग गर्दे रहेको जनाएको छ ।
यस्ता गुण्डालाई पुलिसका डण्डाले लाईनमा ल्याउन सकिन्छ ।