आईसीसी वरियतामा कुशल, सन्दीप र दीपेन्द्रको प्रगति, तीनैजना टप ५० मा

२०७८ फागुन ११ गते १५:२४

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने र कुशल भुर्तेलले आइएसीसी टी-२० वरियतामा ठूलो छलाङ मारेका छन् ।
आइसीसीले मंगलबार सार्वजानिक गरेको वरियता अनुसार यसअघि ब्याटिङतर्फ ६५औं स्थानमा रहेका कुशल ३९औं स्थानमा पुगेका छन् । बलिङतर्फ ६३औं स्थानबाट सन्दीप ४३औं स्थानमा पुगेकाछन् ।
दीपेन्द्रसिंह ऐरी पनि तीन स्थान सुधार गर्दै ५०औं स्थानमा रहेका छन् ।
वरियतामा खेलाडीको स्थान सुधारहुँदा राष्ट्रिय क्रिकेट टोलीको भने स्थान खस्किएको छ ।
यसअघि १३औं स्थानमा रहेको नेपाल दुई स्थान तल झर्दै १५औं स्थानमा रहेको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर