उच्च अदालतले रोकेको शाखा अधिकृतको दरखास्त संकलन बुधबारबाट सुरु – Nepal Press

उच्च अदालतले रोकेको शाखा अधिकृतको दरखास्त संकलन बुधबारबाट सुरु

काठमाडौं । उच्च अदालत पाटनको अल्पकालिन अन्तरिम आदेशपछि रोकिएको शाखा अधिकृतको दरखास्त संकलन बुधबारदेखि सूचारु हुने भएको छ ।

अदालतबाट अल्पकालिन अन्तरिम आदेश रद्द भइ रिट निवेदन समेत खारेज भएपछि दरखास्त संलकनको बुधबारबाट हुने भएको हो ।

निवेदन खारेजीको जानकारी पाएपछि लोक सेवा आयोगले साविक बढुवा सूचना विज्ञापनमा उल्लेखित अवधि भित्र योग्य उम्मेदवारबाट बढुवा सूचना विज्ञापनमा बुधबारदेखि दरखास्त लिने कार्य सूचारु गर्ने जनाएको छ ।

आयोगले गत पुष १४ गते र पुष १९ गते सूचना प्रकाशन गरी राजपत्रांकित तृतीय श्रेणी (अप्राविधिक) शाखा अधिकृत वा सो सरहको पदको सूचना बमोजिमका बढुवा सूचना तथा विज्ञापनमा दरखास्त लिने कार्य स्थगित गरेको थियो । दरखास्त सम्बन्धी अन्य शर्त पूर्व प्रकाशित सूचनामा उल्लेख भए बमोजिम हुने आयोगले जनाएको छ ।

तोकिएको अवधि भित्र पूर्व निर्धारित विधिबाट दरखास्त दिन सकिने र अनलाइन मार्फत यसपूर्व दरखास्त पेश गरी दरखास्त दस्तुर बुझाउन बाँकी उम्मेदवारले पनि यस सूचनामा उल्लेखित दोब्बर दस्तुर मितिको भोलिपल्टसम्म परीक्षा दस्तुर बुझाइ सक्नु पर्नेछ । उक्त विज्ञापनको परीक्षा कार्यक्रम सम्बन्धी सूचना पछि प्रकाशन गरिने आयोगले जनाएको छ ।

जसमा जेष्ठता र कार्यसम्पादनबाट हुने बढुवा राजपत्रांकित तृतिय श्रेणीको न्याय, प्रशासन, लेखापरीक्षण सेवा समूह तथा उपसमूहमा सामान्य दस्तुरमा चैत १ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ ।

यस्तै खुला तथा समावेशी अन्तरगत न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण, संघीय संसद सेवा, समूह तथा उपसमूहमा फागुन १७ गतेसम्म सामान्य दस्तुर र फागनु २४ गतेसम्म दोब्बर दस्तुरमा दरखास्त दिन सकिनेछ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *