वागमती प्रदेशले पायो एक महिनापछि प्रमुख सचिव – Nepal Press

वागमती प्रदेशले पायो एक महिनापछि प्रमुख सचिव

काठमाडौं । भर्खरै सचिवमा बढुवा भएका मुकुन्दप्रसाद निरौलाको वागमती प्रदेशमा पदस्थापन भएको छ ।

गत विहीबारको मन्त्रिपरिषद् बैठकले निरौलालाई बढुवा गर्ने निर्णय गरेको थियो । यसअघि गृहमन्त्रालयका सहसचिव रहेका उनले प्रदेश प्रमुख सचिवको जिम्मेवारीसहित पदस्थापनको पत्र बुझिसकेका छन् ।

वागमती प्रदेशमा एक महिनादेखि प्रमुख सचिव रिक्त थियो । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका वरिष्ठ सचिव सहसचिव यमलाल भुसालले निमित्तको जिम्मेवारी सम्हाल्दै आएका थिए ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *