बैतडीको पाटनमा टिपर दुर्घटना : विद्यार्थीसहित ३ को मृत्यु, ५ घाइते – Nepal Press

बैतडीको पाटनमा टिपर दुर्घटना : विद्यार्थीसहित ३ को मृत्यु, ५ घाइते

कैलाली । बैतडीको पाटन नगरपालिका—३ झालीमालीमा टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको छ ।

गुरुडा देखि धुरातर्फ गइरहेको बा ३ ख ४८७९ नं को टिपर दुर्घटना हुदा दुई विद्यार्थीसहित ३ जनाको मृत्यु भएको घटनास्थलमा खटिएका खोड्पे प्रहरी चौकीका इन्चार्ज ऐन बहादुर पालले जानकारी दिए ।

मृत्यु हुनेमा पाटन ३ का ४५ वर्षीय जनक राज पन्त, १२ वर्षीय ज्ञानु बिष्ट र १७ ललित अवस्थी रहेका छन् । ४५ वर्षीय पन्त टिपरमा काठ लोड गर्न जादैगरेका हुन भने बिष्ट र अवस्थी बिद्यार्थी हुन् ।

दुर्घटनामा परी ५ जना घाइते भएका छन् । उनीहरुको परिचय खुलेको छैन । उनीहरुको अवस्था गम्भीर रहेको छ । घाइतेहरुलाई उपचारको लागि डडेल्धुरा पठाइएको छ । टिपर सडकबाट करिब सय मिटर तल खसेको छ ।

यसअघि मृतक संख्या फरक पर्न गएकोमा क्षमाप्रार्थी छाैँ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *