चार सहसचिवको जिम्मेवारी बाडफाड, कितावखानाको महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई, दाहाल प्रतिष्ठानको कार्यकारी निर्देशक – Nepal Press

चार सहसचिवको जिम्मेवारी बाडफाड, कितावखानाको महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई, दाहाल प्रतिष्ठानको कार्यकारी निर्देशक

काठमाडौं । सरकारले अतिरिक्त समूहमा रहेका सहसचिवसहित चार जना सहसचिवलाई जिम्मेवारी बाडफाड गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै जिम्मेवारी वाडफाड गरेको हो ।

मन्त्रालयले निजामती कितावखानाको महानिर्देशकको जिम्मेवारीवारी विभागको उपमहानिर्देशको जिम्मेवारीमा रहेका सहसचिव बाबुराजा श्रेष्ठलाई दिएको छ । कितावखानका महानिर्देशक नेत्र प्रसाद सुवेदीको प्रदेश सचिवमा सरुवा भएसँगै कितावखानाको श्रेष्ठलाई महानिर्देशकको जिम्मेवारी श्रेष्ठलाई दिइएको हो ।

केही दिन अघि मात्रै प्रदेशबाट संघीय मामिला तथा सामान्य प्रशासनको अतिरिक्त समूहमा तानिएका कुमार प्रसाद दाहाललाई स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानको कार्यकारी निर्देशकको जिम्मेवारी दिइएको छ ।

यस्तै रिक्त रहेको निर्वाचन आयोगमा तुलसी बहादुर श्रेष्ठलाई पठाइएको छ । मन्त्रालयले कम्पनी रजिष्टारको कार्यालयका रजिष्टार प्रदीप अधिकारी मन्त्रालयको अतिरिक्त समूहमा तानेको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *