१८ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा तीनजना मात्र पास – Nepal Press

१८ जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षामा तीनजना मात्र पास

काठमाडौं । १८ जना जिल्ला न्यायाधीशको लागि लिइएको परीक्षमा जम्मा तीनजना परीक्षार्थीमात्र पास भएका छन् । न्याय सेवा आयोगकाे आग्रहमा लाेक सेवा आयोगले परीक्षाा लिएकाे थियाे ।

आन्तरिक खुला ९, खुल्ला प्रतिस्पर्धा ५, महिला २, आदिवासी जनजाति २ र मधेशी १ जनाको लागि विज्ञापन गरिएको थियो ।

न्याय सेवा आयोगको आइतबारको बैठकले आन्तरिक खुल्लातर्फ पास भएका तीनजनालाई अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

छनौट हुनेमा ओमबहादुर सोडारी, चन्द्रकुमार पोखरेल र भुवन गिरी छन् ।

न्यायाधीशका लागि १९६ जनाले परीक्षा दिएका थिए । ती मध्ये तीन जनामात्रै पास भएका हुन् ।

परीक्षामा कुल अंकको कम्तिमा ५० प्रतिशत नम्बर ल्याउने व्यक्ति मात्र योग्य हुन्छन् । तीनजना बाहेक अन्यले ५० प्रतिशत अंक कटाउन नसकेका हुन् ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *