पोखरामा भारी असिना – Nepal Press

पोखरामा भारी असिना

काठमाडौं । पोखराका केही स्थानमा वर्षासहित भारी असिना परेको छ । आइतबार मध्यान्नदेखि पोखरा आसपासमा भारी असिना परेको हो । असिना झण्डै एक फिट परेको स्थानीयले बताएका छन् ।

अत्याधिक मात्रामा असिना परेपछि पोखराका सडक नै सेताम्मे भएको छ। पानीसँगै परेको असिनाले अन्न तथा तरकारी बारीमा क्षति पुर्‍याएको छ। साथै सडकमा पार्किङ गरिएको सवारी साधनमा समेत क्षति पुगेको छ । असिनाले सडक सेताम्ये भएपछि युवायुवतीहरु फोटो खिच्न बाहिर निस्केका छन् ।

पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले पोखरा लगायत देशका विभिन्न भूभागमा पानीसहित असिना परिरहेको मौसमविद्ले बताएको छ ।
अबका एक–दुई दिन देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त प्रणालीको प्रभावले देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा हुने र देशका पहाडी भू–भागका केही स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावनाका साथै देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावनासमेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

रातिको समयमा देशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रही देशका पहाडी भू–भागको थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ ।

उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ ।सोमबार देशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही पहाडी भू–भागका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको छ । देशका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *