अखिल क्रान्तिकारी अध्यक्षसहित दर्जनौं घाइते, वाइसीएलका जिल्ला नेता गिरफ्तार

२०७८ फागुन ८ गते १५:२६

काठमाडौं । अमेरिकी सहायता परियोजना (एमसीसी) को विरुद्धमा भएको प्रदर्शनका क्रममा माओवादी केन्द्र निकट अलिख (क्रान्तिकारी) की अध्यक्ष पञ्चा सिंहसहित दर्जनबढी कार्यकर्ता घाइते भएका छन् ।
घाइते हुनेहरुमा सिंहसहित अखिल (क्रान्तिकारीका) केशव रावल, समीर लुईटेल, क्षितिज सापकोटा, विमल पौडेल, पुरुषोत्तम यादव लगायत रहेको बताइएको छ। त्यस्तै माओवादीको अर्को भ्रातृ संगठन वाईसिएल भक्तपुरका सचिवसहित ८ जना कार्यकर्ता गिरफ्तार परेको बताइएको छ ।
त्यस्तै विप्लव निकट युवा संगठनका ४ जना नेता पनि गिरफ्तार भएका छन् ।
प्रतिक्रिया
सम्बन्धित खवर