बुबाको हत्या आरोपमा २ छोरा पक्राउ


काठमाडौं । रक्सि खाएर बुबालाई मारेको आरोपमा प्रहरीले दुई जनालाई कीर्तिपुरबाट पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा काठमाडौंको कीर्तिपुर–६ पाण्डेछाप बस्ने माइलो छोरा ४५ वर्षीय शंकर महर्जन र कान्छो छोरा बर्ष ४० को कृष्ण महर्जन रहेका छन् ।
६५ वर्षीय बुबालाई प्रेसर कुकर र लोहोरोले टाउकोमा प्रहार गरी गम्भीर घाइते बनाएका थिए । घाइतेको उपचारको क्रममा वीर अस्पतालमा मृत्यु भएको थियो ।
प्रहरीले घटनामा संलग्न रहेका व्यक्तिहरुलाई दशीका सामानसहित नियन्त्रणमा लिइएको छ ।
उनीहरुलाई मुलुकी अपराध संहिता ऐन, २०७४ को परिच्छेद–१२ को ‘ज्यान सम्बन्धी कसूरमा कीर्तिपुरबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।