प्रेस काउन्सिल र राससका अध्यक्षलाई सरकारले सोध्यो स्पष्टीकरण

२०७८ फागुन ५ गते १७:३२

काठमाडौं । सरकारले प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेत र राससका अध्यक्ष हरिहर अधिकारी ‘श्यामल’ लाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । विहीबार बसेको मन्त्रिरिषद् बैठकले उनीहरूलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको भूमिसुधारमन्त्री शशी श्रेष्ठले नेपाल प्रेसलाई जानकारी दिइन् ।
दुवै अध्यक्षलाई तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले नियुक्त गरेको थियो । उनीहरूलाई हटाउने प्रक्रिया पुरा गर्न स्पष्टीकरण सोधिएको बताइएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर