एम्बाप्पेको निर्णायक गोलमा पीएसजीको जित – Nepal Press

एम्बाप्पेको निर्णायक गोलमा पीएसजीको जित

काठमाडौं । इन्जुरी समयको अन्तिम मिनेटमा केलीयन एम्बाप्पेले गरेको गोलसँगै पेरिस सेन्ट जर्मन (पीएसजी)ले यूईएफए च्याम्पियन्स लिगमा रियाल मड्रिडलाई १–० गोलको नतिजामा पराजित गरेको छ ।

पीएसजीको घरेलु मैदान पार्क डेस प्रिन्सेसमा भएको च्याम्यिन्स लिगको अन्तिम १६को पहिलो लेगमा भ्रमणकारी स्पेनिस ला लिगा लिडर रियलविरूद्ध जित निकाल्दै पीएसजीले महत्त्वपूर्ण तीन अंक पायो । जितसंगै पीएसजी क्वाटर फाइनल नजिक रह्यो । दोस्रो लेग रियलको घरेलु मैदानमा २२ फेब्रुअरीमा हुनेछ ।

फ्रेन्च फरवार्ड एम्बाप्पेले ४ मिनेटको इन्जुरी समयमा बैकल्पिक खेलाडी नेयमारको पास सदुपयोग गर्दै गोल गरे । नेयमार गत नोभेम्बर पछि मैदान फर्किएका हुन् ।

खेलको ६२औं मिनेटमा पीएसजीले पेनाल्टी गोलबाट अग्रता लिने अवसर गुमायो । अर्जेन्टिनी स्टार लिओनल मेस्सीको प्रहार रियल गोलरक्षकले रोके ।

यस अघि खेलमा पीएसजीले पोसेसनमा आफ्नो दबदबा कायम राखे पनि फिनिसिङमा चुक्न पुगेको थियो । रियल भने पूरा समय डिफेन्समा ब्यस्त रह्यो ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर