बतासको पक्षमा अदालतको अल्पकालीन आदेश, पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउनू – Nepal Press

बतासको पक्षमा अदालतको अल्पकालीन आदेश, पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउनू

काठमाडौं । उच्च अदालत पाटनले बतास ग्रुपले सञ्चालन जिम्मा पाएको गौशालास्थित धर्मशाला सञ्चालनमा रोक नलगाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।

पर्यटन मन्त्रालयले पशुपतिस्थित धर्मशालाको सञ्चालन जिम्मा पाएको होटल आनन्द प्रालिसँग सम्झौता रद्द गरेको थियो । त्यसविरुद्ध होटल सञ्चालकले दायर गरेको रिटमा न्यायाधीश नरिश्वर भण्डारीको एकल इजलासले अल्पकालीन अन्तरिम आदेश दिएको हो ।

उच्च अदालत पाटनले निवेदकको मागबमोजिम अन्तरिम आदेश दिने वा नदिने विषयमा छलफल गर्न आगामी फागुन ९ गते दुवै पक्षलाई छलफलमा झिकाउन समेत आदेश दिएको हो ।

‘अन्तरिम आदेशको टुंगो नलाग्दासम्म मिति २०७६/०१/३० को करार सम्झौताबमोजिम होटल आनन्द प्रालिको सञ्चालनमा कुनै बाधा, अवरोध सृजना नगर्नू नगराउनू भनी विपक्षीहरुको नाउँमा अल्पकालीन अन्तरि आदेश जारी गरिदिएको छ’, आदेशमा उल्लेख छ ।

सम्झौताविपरीत सञ्चालन गरेको भन्दै पर्यटनमन्त्री प्रेम आलेको निर्देशनमा धर्मशालमा होटल सञ्चालन गर्न बतास ग्रुपले पाएको इजाजत खारेज गरिएको थियो ।


प्रतिक्रिया

One thought on “बतासको पक्षमा अदालतको अल्पकालीन आदेश, पशुपति धर्मशाला सञ्चालनमा रोक नलगाउनू

  1. नरिश्वर भण्डारिले पनि बतास समुहबाट कम्बिसन र घुस पाए जस्तो छ । हाम्रो नेपालमा यस्ता यस्ता चोर र भ्रस्टाचारि न्यायाधीश भए पछि कहिले देशको बिकास हुन्छ र ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर