आईपीएल अक्सनमा सन्दीप ‘अनसोल्ड’

२०७८ माघ २९ गते २२:०२

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछाने आईपीएल अक्सनमा अनसोल्ड भएका छन् ।
शनिबार बैङ्लोरमा सम्पन्न पहिलो दिनको अक्सनमा सन्दीपलाई कुनैपनि टोलीले बोली लगाएनन् ।
अक्सनमा उनको मुल्य ४० लाख भारु(नेपाली ६४लाख) थियो । गतसिजत पनि उनी अनसोल्ड भएका थिए ।
२०१८मा देल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए । उनी आईपीएल खेल्ने पहिलो नेपाली खेलाडी बन्दै तीन वर्षका लागि दिल्लीमा अनुबन्धीत भएका थिए ।
आईपीएलमा उनले कुल ९ खेल खेल्दै १४ विकेट लिएका छन् ।
गत सिजन पनि उनीमाथी कुनैपनी टिमले बोलि लगाएका थिएनन् ।
प्रतिक्रिया
सम्बन्धित खवर