दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार उपसचिवको सरुवा – Nepal Press

दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार उपसचिवको सरुवा

काठमाडौं । गृह मन्त्रालयले दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार जना उपसचिवको सरुवा गरेको छ । मन्त्रालयले शुक्रबार सचिवस्तरीय निर्णय गर्दै सोलुखुम्बु र ताप्लेजुङका प्रमुख जिल्ला अधिकारीको सरुवा गरेको हो ।

मन्त्रालय स्रोतका अनुसार सोलुखुम्बुका प्रमुख जिल्ला अधिकारी गणेश विक्रम शाहीलाई धनुषा जिल्ला प्रशासनमा कार्यालयमा सरुवा गरेर सोलुखुम्बुको प्रमुख जिल्ला अधिकारीमा अनिल खनाललाई पठाइएको छ भने ताप्लेजुङको प्रमुख जिल्ला अधिकारीमा सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी महेश कुमार पोखरेललाई पठाइएको छ ।

यस्तै ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेको इलाका प्रशासन दमक झापामा सरुवा भएको छ ।


प्रतिक्रिया

2 thoughts on “दुई जिल्लाका प्रमुख जिल्ला अधिकारीसहित चार उपसचिवको सरुवा

  1. सरूवाबाटै खुब कमाइ हुँदाे रहेछ । राजनीतिबाटै यस्ताे हुने भएपछि अरू पेशा किन गर्नुपर्याे ? घरका मान्छेलाई पनि काम दिन मिल्ने । त्यसै रहेछ मन्त्री खान पार्टी नै फुटाउनेसम्मकाे काम गरेका ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर