पाँचथरको यासोक बजारमा भीषण आगलागी

२०७८ माघ २९ गते २०:३६

काठमाडौं । पाँचथरको कुम्मायक गाँउपालिकाको केन्द्र यासोक बजारमा आगलागी भएको छ ।
स्थानीयका अनुसार बजारको बिचमा रहेको घरबाट आगलागी सुरु भएको थियाे ।
आगलागीबाट झरेन्द्र खतिवडाको घर जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अन्य दुई घरमा आगलागी भइरहेको वडाध्यक्ष देवेन्द्र लावतीले जानकारी दिए ।
आगो नियन्त्रणका लागि सदरमुकाम फिदिमबाट दमकल पठाइएको जिल्ला प्रशासन कार्यालय पाँचथरले जनाएको छ ।
प्रतिक्रिया
सम्बन्धित खवर