टाउकोमा चोट लागेर मैदानमै बेहोस भएका मनिषको स्वास्थ्य अवस्था स्थिर


काठमाडौं । सहिद स्मारक ए डिभिजन अन्तरगत शनिबारको खेलमा मैदानमा विपक्षी खेलाडीसँग ठाेक्किएर बेहाेस भएका राष्ट्रिय फुटबल टोलीका सदस्य मनिष डाँगीको स्वास्थ्य अवस्था स्थिर रहेको छ ।
दशरथ रंगशालामा च्यासलविरुद्धको खेलमा विपक्षी खेलाडीसँग ठोक्किन पुगेका डाँकीको अवस्था अहिले स्थिर रहेको उनी उपचाररत ब्लु क्रस अस्पतालले जनाएको छ ।
मच्छिन्द्रका भरपर्दा खेलाडी डाँगी च्यासलविरुद्धको खेलको ६६ औं मिनेमा विपक्षी खेलाडी यानिक केइचासँग ठोक्किएर लडेका थिए । टाउको चोटका कारण उनी मैदानमा नै बेहोस भएका थिए ।
अस्पतालले एक विज्ञप्ती जारी गर्दै उनको अवस्था स्थिर रहेको जनाएको हो ।
मनिष मैदानमा बढेलगत्तै खेलाडीहरुमा रुवाबासी नै चलेको थियो । झन्डै सात मिनेटको प्राथमिक उपचारपछि उनलाई नजिकै रहेको ब्लु क्रस हस्पिटल लगिएको थियो । त्यसपछि खेल सुचारु भएको थियो ।
मनिष दोस्रो हाफमा मैदान छिरेका थिए । ६१ औँ मिनेटमा सुनिल बलको स्थानमा उनलाई मैदान छिराएको थियो । तालिकाको शीर्षस्थानमा रहेको मच्छिन्द्रले उक्त खेल २-० गोलले जितेको थियो।
फुटबल खेल्नकै लागि दक्षिण कोरियाबाट फर्किएका युवा खेलाडी मनिष नेपाली फुटबलले आशा गरेका स्टाइकर हुन्। उनलाई प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले नेपाली टोलीमा डेब्यु गराएका थिए ।