नवनियुक्त शाखा अधिकृतलाई आधारभूत तालिमका लागि अनलाइनबाट दर्ता गर्न सरकारको आग्रह

२०७८ माघ २८ गते २१:१९

काठमाडौं । सरकारले नवनियुक्त राजपत्रांकित तृतिय क्षेणी वा सो सरहरका अधिकृतलाई आधारभूत तालिमममा सहभागि हुनका लागि अनलाइनबाट दर्ता गर्न आग्रह गरेको छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानले फागुन २ गतेदेखि सञ्चालन हुने ३५ औ आधारभूत प्रशासन प्रशिक्षणमा कार्यक्रममा सहभागिताका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आग्रह गरेको हो ।
मन्त्रालयले एक सूचना जारी गर्दै अनलाइनबाट दर्ता गर्नका लागि सूचनामा नै लिंक उपलब्ध गराएको छ । लोक सेवा आयोगले माघ १६ नेपाल प्रशासन सेवा, नेपाल परराष्ट्र सेवा, नेपाल लेखापरीक्षण सेवा र नेपाल व्यवस्थापिका संसद सेवाका राजपत्रांकित तृतिय श्रेणीमा नवनियुक्त शाखा अधिकृत वा सो सरहरका ४ सय ८८ जना कर्मचारीलाई अनिवार्य रुपमा प्रशिक्षण कार्यक्रममा सहभागि हुनका लागि अनुरोध गरेको छ ।

प्रतिक्रिया
सम्बन्धित खवर