क्याबिन क्रु संघले माग्यो क्याप्टेन विजय लामाको उपनिर्देशक पदबाट राजीनामा


काठमाडौं । नेपाल एयरलाइन्सका पाइलट क्याप्टेन विजय लामाको राजिनामा माग्दै निगमका क्याबिन क्रुहरूले सामूहिक हस्ताक्षर बुझाएका छन् ।
निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारी र अपरेशन विभागका निर्देशकलाई बुझाएको पत्रमा क्याबिन क्रु डिभिजनका उप-निर्देशक पदबाट विजयलामाको राजिनामा माग गरिएको छ ।
लामाको काम गर्नै शैली विधिसम्मत नभएको तथा नीति नियमभन्दा बाहिर गएर निर्णयहरू भएको भन्दै एक सयभन्दा बढी क्याबिन क्रुले हस्ताक्षर गरेर बुझाएका छन् । लामासँग काम गर्न असहज भएको समेत गुनासो उनीहरूको छ ।
नेपाल वायु सेवा निगम क्याबिन क्रु संघकै तर्फबाट लामाको राजीनामा मागिएकाले पाइलट तथा कर्मचारीहरूबीच खैलाबैला मच्चिएको छ । क्याबिन क्रु संघका सचिव पीवी कार्कीले क्याप्टेन लामाले लिखितभन्दा पनि मौखिक आदेश दिने र नीति नियमविपरीत काम गरेकाले राजीनामा मागिएको बताए ।
कार्कीले भने, ‘एक त उहाँ फ्लाइट मेम्बर भएकाले दोहोरो जिम्मेवारी भयो । विगतमा पनि उहाँ प्रवक्ताबाट यसैकारण हट्नुभयो । अहिले कोभिडको बेला पनि बिरामी बिदा नदिने, मौखिक आदेश दिने र काम गर्ने वातावरण नै बिग्रिएकाले दोहोरो जिम्मेवारीबाट हटाइयोस् भनेका हौं । उहाँसँग असन्तुष्ट भएरै हो राजीनामा मागिएको ।’
गुड जब, ही इज आउट अफ कंट्रोल,
ही थिंक़ NAC इज हिज़ फ़ादर कमपनि
नेबानिका यात्रु हरु, नेबानिका कर्म्चारिहरु र नेपाल सरकार का विभिन्न छ्यत्र का कर्मचारि हरुको स्वीकृति बिना उस्को बाउको सम्पत्ती जस्तो गरि फोतो खिची युत्युमा अपलोड गरि पैसा कमाउन पल्केका लाई तुरुन्त त्यो प्रेम आले ले निलम्बन गर्नु पर्छ।