नगरसभा सकिएको उपलक्ष्यमा फलेवास नगरपालिकाले दियो सार्वजनिक बिदा – Nepal Press

नगरसभा सकिएको उपलक्ष्यमा फलेवास नगरपालिकाले दियो सार्वजनिक बिदा

काठमाडौं । पर्वतको फलेवास नगरपालिकाले नगरसभा सकिएको उपलक्ष्यमा आज नगरपालिकाभर सार्वजनिक बिदा दिएको छ ।

पालिकाका प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद श्रेष्ठले एक सूचना जारी गरी नगरसभा सकिएको उपलक्ष्यमा सार्वजनिक बिदाको जानकारी दिएका हुन् ।

नगरपालिकाको हिजो नगरसभा सम्पन्न भएको थियो । नगरपालिकाद्वारा जारी सूचनामा भनिएको छ– नगरसभा सम्पन्न भएको उपलक्ष्यमा यस नगरपालिका भित्रका सबै सरकारी कार्यालय, विद्यालय, सार्वजनिक संघसंस्थाहरुमा माघ २७ गते सार्वजनिक बिदा दिने निर्णय भएको छ ।

यसअघि कुनै पनि स्थानीय तहले नगरसभा सकिएको उपलक्ष्यमा सार्वजनिक विदा दिएको थिएन । उक्त निर्णयले फलेवास नगरपालिकालाई विवादित बनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *