कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल हुने – Nepal Press

कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै, स्थानीय चुनावको तयारीबारे छलफल हुने

काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पार्टी कार्यालय सानेमा बस्दैछ । बैठक दिउँसो दुई बजेका लागि बोलाइएको छ । बैठकमा स्थानीय तह चुनावको तयारीबारे छलफल हुने बताइएको छ ।

कांग्रेस पदाधिकारी बैठकले बिहीबार बस्ने कार्यसम्पादन बैठकमा छलफल गरी स्थानीय निर्वाचनको तयारी थाल्ने निर्णय गरेको थिया । कार्यसम्पादन समितिको बैठकमा म्याद सकिएका भ्रातृ एवं शुभेच्छुक संस्था र १६ जिल्लाको अधिवेशनबारे पनि छलफल हुनेछ ।

नेपाल विद्यार्थी संघ, नेपाल तरुण दल , नेपाल महिला संघ लगायतका भ्रातृ संस्थाहरुको म्याद सकिएको छ भने विधानतः अध्यक्ष पद रिक्त भएको अवस्था छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर