सम्पर्कमा आए ग्रीनलाइनका सञ्चालक


काठमाडौं । मदिरा व्यापारी ग्रीनलाइनका सञ्चालक ओमप्रकाश अग्रवाल प्रहरीको सम्पर्क आएका छन् । अग्रवालले ग्रीनलाइन सञ्चालन गरिरहेको थिए ।
उनी हराएपछि उनकी छोरी रजनी अग्रवालले प्रहरीमा उजुरी दिएका थिइन् । आज आफ्नो बुबा सम्पर्कमा आएको भन्दै कमल पोखरी प्रहरी वृतमा गएर ओमप्रकाश अग्रवालकी छोरी रजनी अग्रवालले सूचना दिएकी छन् ।
एसएसपी सुदीप गिरीले अग्रवाली छोरीले आएर सम्पर्क आएको जानकारी गराएको बताए । तर उनले आफ्नो बुबा कहाँ छन् भन्ने कुरा भने नखुलाएको गिरीले बताए । उनी पुस २२ गतेदेखि सम्पर्कविहिन भएका थिए ।
बैंक, वित्तीय संस्था र व्यक्तिहरुसँग करिब २ अर्ब भन्दा धेरै ऋण दिएका थिए । बैंकहरूसँग पैसा लिएर भागेपछि इन्भेष्टमेन्ट बैंक र एभरेष्ट बैंकले उनीहरूको सम्पत्तिमा सूचना टाँस गरिसकेको थियो । ग्रीनलाईनसँगै अग्रवालको ज्ञानेश्वरमा रहेको घरमा समेत बैंकले सूचना टाँस गरेको छ ।
अग्रवालको नाममा रहेको सम्पत्तिमा आफ्नो हक लाग्ने भनेर एभरेष्ट र इन्भेष्टमेन्ट बैंकले मदिरा आउटलेटमा चाबी लगाएका थिए । ग्रीनलाईनले तारे होटल, रेष्टुरेन्टमा विदेशी मदिरा बिक्री गर्ने गरेको थियो ।
ग्रीनलाईनले विदेशी महँगा मदिरा गर्ने गरेको थियो । ग्रीनलाईन ठूला करदाताको सूचीमा समेत थियो । ठूला करदातामा समेत उपस्थित भएको ग्रीनलाईनको कारोबार ठूलै आकारमा हुने गरेको थियो ।
नेपालमा मदिरा कारोबार गर्न अग्रवालको परिवारले अलायन्स डिस्ट्रिब्युटर्स, अमिअभि ट्रेडिङ र ग्रीनलाइन सेन्टर दर्ता गरेका थिए । उनीहरूले प्रतिबेला ५ लाख रुपैयाँसम्म पर्ने मदिरा बिक्री गर्थे ।