२८ सहसचिवको सरुवा (सूचीसहित) – Nepal Press

२८ सहसचिवको सरुवा (सूचीसहित)

१८ जना सहसचिव संघबाट प्रदेशका विभिन्न मन्त्रालयमा पठाइए

काठमाडौं । सरकारले २९ जना सहसचिवको सरुवा गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजेन्द्रप्रसाद श्रेष्ठले मंगलबार साँझ मन्त्रीस्तरीय निर्णय गर्दै २९ जना सहसचिव सरुवाको निर्णय गरेका हुन् ।

मन्त्रालयको निर्णयअनुसार सबैभन्दा बढी १८ जना सहसचिव विभिन्न संघीय निकायबाट विभिन्न प्रादेशिक निकायमा पठाइएको छन् । सरुवा गर्दा ६ जना संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा रहेका सहसचिव पनि जिम्मेवारीसहित प्रदेशमा पठाइएका छन् ।

मन्त्रालयमा अतिरिक्तमा रहेका क्रमसः बलराम निरौलाको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय बागमती प्रदेशमा, देवेन्द्र लामिछानेको सामाजिक विकास मन्त्रालय गण्डकी प्रदेशमा, प्रेमराज गिरीको प्रदेश नीति तथा योजना आयोग गण्डकी प्रदेशमा सरुवा भएकाे छ ।

यस्तै रामहरि ज्ञवालीको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशमा, उद्धवप्रसाद रिजालको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकमा र ईश्वर कुमार गिरीको पर्यटन तथा संस्कृति मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ ।

यसैगरी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय मातहत रहेको राष्ट्रिय किताबखानाबाट नेत्रप्रसाद सुवेदीको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशमा, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालबाट राजेन्द्र पराजुलीको प्रदेश प्रमुखको कार्यालय जनकपुर, अर्थ मन्त्रालय वा अन्तर्गतबाट नारायण सापकोटाको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशमा सरुवा भएकाे छ ।

अर्थ मन्त्रालयबाटै श्रीकृष्ण नेपालको श्रम रोजगार तथा यातायात मन्त्रालय बागमती प्रदेशमा, अर्थ मन्त्रालय वा अन्तर्गतबाट नै महेश आचार्यको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मधेस प्रदेशमा, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट श्रीराम तिवारीको स्वास्थ्य मन्त्रालय गण्डकी प्रदेशमा सरुवा भएको छ ।

खानेपानी मन्त्रालयबाट जक्की अहमद अन्सारीको पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालय लुम्बिनी प्रदेशमा, कृषि तथा पशुपन्छी विकास मन्त्रालयबाट वैकुण्ठ अधिकारीको कृषि मन्त्रालय लुम्बिनी प्रदेशमा, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट रामशरण सापकोटाको आन्तरिक मामिला तथा कानुन मन्त्रालय सुदूरपश्चिम प्रदेशमा सरुवा भएको छ ।

यसैगरी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयबाट अण प्रसाद न्यौपानेको प्रदेश लोक सेवा आयोग मधेस प्रदेशमा, यस्तै राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्र, भक्तपुरबाट अनुज भट्टचनको स्वास्थ्य मन्त्रालय प्रदेश एकमा र जल तथा ऊर्जा आयोगबाट नवीन राज सिंहको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय प्रदेश एकमा सरुवा भएको छ ।

पाँच सहसचिव प्रदेशबाट संघमा तानिए

सरुवा सूची अनुसार पाँच सहसचिव विभिन्न प्रादेशिक मन्त्रालयमाबाट संघीय निकायमा तानिएका छन् ।

जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय लुम्बिनी प्रदेशबाट यम प्रसाद भुसाल र कुमार प्रसाद दाहालको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेशबाट डा. शान्ता कार्कीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयमा सरुवा भएको छ ।

यस्तै यज्ञ प्रसाद ढुंगेलको सामाजिक विकास मन्त्रालय बागमती प्रदेशबाट रक्षा मन्त्रालयमा, पर्यटन, ग्रामीण तथा सहरी विकास मन्त्रालयबाट महेशचन्द्र न्यौपानेको राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगमा सरुवा भएको छ ।

तीन सहसचिवको प्रादेशिक निकाय भित्रै सरुवा

२९ जना सहसचिव सरुवा हुँदा तीन सहसचिवको भने एक प्रादेशिक निकायबाट अर्को प्रादेशिक निकायमा सरुवा भएको छ ।

जसमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकबाट माधव प्रसाद पोखरेलको उद्योग, श्रम तथा रोजगार मन्त्रालय प्रदेश एकमा, सामाजिक विकास मन्त्रालय पोखराबाट विनोद बहादुर कुँवरको प्रदेश लोक सेवा आयोग पोखरामा, वातावरण विज्ञान तथा प्रविधि मन्त्रालय कर्णाली प्रदेशबाट जगदीश्वर कर्माचार्यको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालय, कर्णाली प्रदेशमा सरुवा भएको छ ।

यस्तै लोक सेवा आयोगमा रहेका टेक बहादुर केसीको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको अतिरिक्त समूहमा र रक्षा मन्त्रालयमा रहेका प्रेमलाल लामिछानेको श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयमा सरुवा भएको जनाइएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

सम्बन्धित खवर